अमेरिकी चुनावमा धाँधली नभएको अन्तर्राष्ट्रिय पर्यवेक्षकको निष्कर्ष – Janadesh Daily | ePaper

अमेरिकी चुनावमा धाँधली नभएको अन्तर्राष्ट्रिय पर्यवेक्षकको निष्कर्ष


एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय अस्वीकार गर्दै चुनावमा धाँधली भएको आरोप लगाइरहेको समयमा अन्तर्राष्ट्रिय चुनाव प्रर्यवेक्षकले भने धाँधली नभएको निष्कर्ष निकालेको छ ।

१३ मुलुकका २८ विज्ञ एवं पर्यवेक्षक संलग्न अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकले अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपतिको चुनावमा धाँधली नभएको बताएको हो ।

उनीहरुले अमेरिकाका जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको निर्वाचन गतिविधि अनुगमन गरेका थिए। चुनाव शान्तिपूर्ण तथा हुलाकबाट प्राप्त मतपत्र पनि निकै सुरक्षित र व्यवस्थित ओएएसले जनाएको छ।

महमारीका कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको पनि पर्यवेक्षकले बताएका छन्।

पर्यवेक्षणका क्रममा चुनावमा कुनै धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजुरी दिन भने सक्ने पनि ओएएसले जनाएको छ।

चुनावी नतिजा जो बाइडेनको पक्षमा गएपनि राष्ट्रपति ट्रम्पले पराजय स्वीकार गर्न मानेका छैनन् । उनले सत्ता हस्तान्तरणको प्रक्रिया पनि अघि बढाएका छैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्