चीन र भारतबीच लद्दाखमा तनाव नचर्काउने सहमति, दुबै पक्ष पछि हट्ने – Janadesh Daily | ePaper

चीन र भारतबीच लद्दाखमा तनाव नचर्काउने सहमति, दुबै पक्ष पछि हट्ने


एजेन्सी ।

चीन र भारतबीच लद्दाखमा देखिएको तनाव मत्थरिने संकेत देखिएको छ । दुबै पक्ष वास्तविक नियन्त्रण रेखा एलएसीमा तनाव कम गर्न सहमत भएका छन् ।

पछिल्लो सहमति अनुसार अब पूर्वी लद्दाखको पैगान्ग ताल वरिपरि बनाइएको संरचना समेत भत्काइने भएको छ । र गस्तीमाथि पनि प्रतिबन्ध लगाइने भएको छ ।

एप्रिल र मे महिना दुई देशबीच तनाव बढेपछि यो संरचना बनाइएको थियो । श्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले अब फिंगर ४ र फिंगर ८ का बीच कुनै गतिविधि गर्न पाइने छैन ।

योसँगै चीन आफ्नो पूरानै पोजिसनमा फर्किन सहमत भएको छ । दुबै देशले अब देपासांग मैदानी क्षेत्रको मुद्दामाथि छुट्टै वार्ता गर्नेछन् । यो क्षेत्रमा पनि चिनियाँ जनमुक्ति सेना र भारतीय सेनाले गर्ने गस्ती पनि बन्द गर्ने जनाइएको छ ।

सम्झौताअनुसार दुवै देशका सेनाले पूर्वी लद्दाख क्षेत्रबाट पछि हटेको सम्झौता गरेका छन् । गलवान घाँटीमा भएको झडपपछि यो क्षेत्रमा दुवै देशका धेरै सैनिकहरु तैनाथ गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्