एजेन्सी ।
विभिन्न देशमा चिसो बढेसँगै विश्वमा कोरोना संक्रमित र भाइरस संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो २४ घण्टा ४ लाख ९० हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टा कोरोनाका कारण ८ हजार ५७० संक्रमितको मृत्यु भएको थियो ।
विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख ४८ हजार ६६१ जना पुगेको छ ।
१२ लाख भन्दा बढीको मृत्यु
कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टा कोरोनाका कारण ८ हजार ५७० संक्रमितको मृत्यु भएको थियो ।
हालसम्म विश्वमा कोरोनाका कारण १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको छ ।
भारतमा १ लाख २८ हजारको मृत्यु
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ ।
पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ४३ हजार ८६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख २७ हजार ९०० पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८१ लाख १३ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।