एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि जो बाइडेनसँगको चुनावी पराजय स्वीकार गर्न मानेका छैनन् । बाइडेनलाई ह्वाइटहाउस पस्न नदिने र आफू त्यहाँबाट नहट्ने उनको प्रयास जारी छ ।
यही मेसोमा ट्रम्पले मिसिगनका रिपब्लिकन पार्टी पदाधिकारीहरुले मत प्रमाणित गर्ने प्रक्रिया २ साता रोक्न राज्य चुनाव आयोगलाई आग्रह गरेका छन्।
मिसिगनको डेट्रोइटको मत पुनः परीक्षण गर्न ट्रम्पले आग्रह गरेपनि स्टेट डिपार्टमेन्टले यस किसिमको ढिलाइ गैरकानुनी भएको बताउँदै अस्वीकार गरेको छ ।