जनादेश, काठमाडौं ।
आज देशभर थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४३६ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा २ लाख ९ हजार ४३५ जना संक्रमित उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म १७ लाख जनाको पिसिआर परीक्षण गरिएको छ भने १६ हजार ७ सय ९३ जना संक्रिय संक्रमित रहेका छन् । हाल ६ सय ८० जना क्वारेन्टाइनमा छन् ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।