ज्यानेट येलेन अमेरिकाको पहिलो अर्थमन्त्री बन्दै, वाइडेनले गरे घोषणा – Janadesh Daily | ePaper

ज्यानेट येलेन अमेरिकाको पहिलो अर्थमन्त्री बन्दै, वाइडेनले गरे घोषणा


एजेन्सी ।

अमेरिका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनमा ज्यानेट येलेनलाई अर्थमन्त्रालयको जिम्मा सुम्पिने घोषणा गरेका छन् । वाइडेनले फेडरल रिजर्भकी पूर्व अध्यक्ष येलेनलाई आफ्नो वित्त मन्त्रीका रुपमा नियुक्त गर्ने प्रस्ताव गरेका हुन् ।

माथिल्लो सदन सिनेटले प्रमाणिकरण गरेमा येलेन वित्त मन्त्रीको जिम्मेवारी पाउने उनी पहिलो महिला हुने छिन् । बाइडेनले येलेनसहित आफ्नो शीर्ष वित्त टिमका लागि अरु महिलाहरु पनि चयन गरेका छन् । आफ्नो टिम प्रमाणिकरण भएमा रंगभेदको अवरोध तोड्ने बाइडेनले बताएका छन् ।

बाइडेनले लगातार विविधतायुक्त प्रशासनको विकास गर्ने बताउँदै आएका छन् । यसअघि उनले सम्पूर्ण महिलासहितको ह्वाइट हाउस प्रेस टिम घोषणा गरेका थिए ।

वित्त टिमले अमेरिकालाई हालको खराब आर्थिक अवस्थाबाट माथि उकालेर पुनः अर्थतन्त्र राम्रो बनाउने बाइडेनको संक्रमणकालीन टिमले जनाएको छ ।

बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् । उनले शपथ ग्रहण समारोहको सम्पूर्ण व्यवस्थापनका लागि समिति बनाउने पनि बताएका छन् ।

एरिजोना र विस्कनसिनले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका बाइडेनले आफ्नो टिमलाई थप आकार दिएका हुन् । दुवै राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कानूनी चुनौति दिने सम्भावना छ ।

बाइडेनले वित्त मन्त्रीका लागि प्रस्ताव गरिएकी ७४ वर्षीया येलेन वरिष्ठ अर्थशास्त्री हुन् । उनले अमेरिकाको केन्द्रीय बैंकको प्रमुखका रुपमा सेवा गरेकी थिइन् ।

यस्तै उनले पूर्व राष्ट्रपति बिल क्लिन्टनको शीर्ष आर्थिक सल्लाहकारका रुपमा पनि काम गरेकी थिइन् । उनले सन् २००७ को आर्थिक मन्त्रीबाट अर्थतन्त्र माथि उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्