कोरोना महामारीः बुधबार विश्वभर संक्रमितको मृत्यु संख्यामा नयाँ रेकर्ड – Janadesh Daily | ePaper

कोरोना महामारीः बुधबार विश्वभर संक्रमितको मृत्यु संख्यामा नयाँ रेकर्ड


एजेन्सी ।

विश्वमा गत चौबीस घण्टामा ६ लाख ३२ हजार कोरोन संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख पुगेको छ ।

दोस्रो लहरको संक्रमण तीव्र हुँदा मृतक संख्यामा भने फेरि नयाँ रेकर्ड कायम भएको छ । बुधबार विश्वभर १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि ११ मंसिरमा एकैदिन १२ हजार संक्रमितको मृत्यु भएको थियो । विश्वभर १४ लाख ९८ हजार २९६ जनाको मृत्यु भएको छ ।

छिमेकी भारतमा पछिल्लो २४ घण्टामा ४९८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६५७ पुगेको छ ।

यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ३३ हजार ४७१ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्