कांग्रेसले गर्‍यो सरकारविरुद्ध प्रदर्शन, तनहुँमा रामचन्द्रले गरे पुल उद्घाटन – Janadesh Daily | ePaper

कांग्रेसले गर्‍यो सरकारविरुद्ध प्रदर्शन, तनहुँमा रामचन्द्रले गरे पुल उद्घाटन


तनहुँ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले सरकार विरुद्ध देशका विभिन्न ठाउँमा विरोध एवं प्रदर्शन गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा वुधबार पुल उद्घाटन गर्ने कार्यक्रम रोक्न नेकपाको भातृ संस्था युवासंघ र प्रशासन नै लागेको भन्दै देशैभर विरोध गरेको हो ।

तनहुँको ब्यास नगरपालिकाको तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयले निषेधआज्ञा जारी गरेर रोक्न खोजेको तथा प्रहरीले धरपक्कड गरेको भन्दै विरोध गरेको हो ।

कांग्रेस वरिष्ठ नेता पौडेललाइ प्रहरीले करिव ३ घण्टा नियन्त्रणमा राखेको र दुब्यवहार गरेको भन्दै कांग्रेस भातृ संस्थाका प्रतिनिधिले प्रदर्शन गरेका हुन् । उनीहरुले राजवादीहरुले देशैभर अहिलेको शासनब्यवस्था विरुद्ध प्रर्दशन गर्दा चूप रहने तर गणतन्त्रवादी नेता पौडेललाई कार्यक्रममा जानै नदिने तथा बाटोबाटै पक्राउ गरेको भन्दै सरकार विरुद्ध चर्का नारावाजी गरेका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सवाल पुल उद्घाटनको मात्रै नभएर सरकारको चरित्र र अन्य दलप्रति उसले कस्तो ब्यवहार गर्दैछ भन्ने भएको भन्दै सचेत भएर अगाडी बढ्न चेतावनी दिएका छन्।

पौडेललाइ पक्राउ गरिएको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती नै निकालेर विरोध गरेका छन् भने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइ देखि अन्य नेताहरुले विरोध गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्