सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय, तनहुँ घटना प्रधानमन्त्रीको डिजाइनमा भएको निष्कर्ष – Janadesh Daily | ePaper

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय, तनहुँ घटना प्रधानमन्त्रीको डिजाइनमा भएको निष्कर्ष


जनादेश, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सरकारको कार्यशैलीको विरोधमा यही मंसिर २९ मा प्रर्दशन गर्ने निर्णय कांग्रेसले गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सरकारको कार्यशैली विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको बैठकपछि बोल्दै नेताहरुले जानकारी दिएका छन् । देशव्यापी हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने कांग्रेसले जनाएको छ । प्रर्दशनका लागि भ्रातृ तथा शुभेच्छुक संस्थालाई समेत खटाइने छन् ।

बैठकमा बरिष्ठ नेता पौडेलले तनहुँको घटनाक्रम बारे जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमै उद्घाटन गर्न रोकिएको जिकिर गरेका थिए ।

तनहुँको व्यास नगरपालिकाममा बनेको पुल उद्घाटन गर्ने बुधबारको कार्यक्रममा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच तनाव उत्पन्न भएको थियो । अघिल्लो दिन प्रशासनको बलमा रोकिएपनि पौडेलले अर्को दिन उक्त पुल उद्घाटन गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्