इन्द्र बस्याल ।
साईलीकाे रक्सी भट्टीवाट चाैराहामा पुगेर उभियाे
दिनमा भिडभाड हुने चाैराहा सुनसान छ
माेवाईल हेर्याे स्वीच अफ छ
चाैराहाका पसलहरू बन्द भै सके
सडक बत्तीमात्र उसकाे साथी छ
चिसाे सिरेटाेले नशा उत्रदै छ
घरतिरकाे वाटाेमा उसका खुट्टा अगाडि बढ्दैनन
किन जाने घर? जाहां अाफ्ना कुरा कसैले सुन्दैन
नम्वरी जड्याहाकाे पदवीलाई नविकरण गराउन
घृणाकाे पात्र वनेर परिवारलाई पिडाथप्न
लरखराउदै प्रतिक्षालयमा पुगेर बस्यो
एक हुल कुकुरहरूले न्यानाे स्वागत गरे
कति अात्मीयता छ यिनीहरूमा
म जड्याहा भएकाेमा कुनै गुनासाे छैन।
उसले खल्ती छाम्याे
अामाकाे अाैषधीकाे पुर्जा र छाेराकाे स्कुलकाे बिलले
उसलाई जिस्क्याई रहेका छन्
श्रीमतीले बजार गर्न दिएकाे पैसा भट्टीमा सकियाे
अामाले अाज अाैषधी खाने छैनन्
भाेली देखि छाेराे स्कुल जाने छैन
जड्याहाकाे घरमा भाेली चुल्हो बल्ने छैन ।
दिउसो अफिसमा हाकिमलाई नतिजा चाहियाे
नसक्ने कामलाई सक्दिन भन्न सकेन
दिएकाे समयसीमा नाघी सक्याे
अाज त हाकीमले मुख खाेलेरै भन्याे
जड्याहाकाे भर परेर धाेका भाे !
हाकिमलाई मुख भरी जवाफ दिन मन थियाे
घरमा जसरी सवै प्रश्नको जवाफ डटेर दिने गर्थ्याे
लज्जित र अपमानित हुदै काेठावाट बाहिरियाे
अाज उसलाई अफिस अाफ्नाे जस्ताे लागेन।
उसले भाेली देखि रक्सी नखाने कसम खायाे
उसकाे भाेली कहिल्यै अाएन
घर परिवार समाजले दिएकाे जड्याहा उपाधी
दिन दिनै नविकरण गर्दै गयाे
उसले समयलाई निर्मम हत्या गर्याे
अाज समय पहाड वनेर अगाडि उभियाे
उ पहाड चढ्न सक्ने अवस्थामा छैन
प्रतिक्षालयमा बितेको रात पछि
सूर्याेदयसंगै नयां जीवनकाे खाेजीमा
अनिश्चित पाइलाहरू घरतिर बढायाे
वर्तमानलाई विषमा घाेलेर भविष्य खाेज्दैछ ।