जनादेश, काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको एक-आर्काको आलोचनासहितको प्रतिवेदनलाई स्थायी किमिटिमा लगेर छलफल गर्ने निर्णय गरेको छ ।
नेकपा सचिवालय बैठक सुरु हुनुभन्दा अगाडि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच २० मिनेट वार्ता भएपछि ओली पनि बैठकमा सहभागी भएका थिए । सहमति बैठकमै छलफल गरौँ भन्ने प्रचण्डको आग्रहलाई स्वीकार गर्दै ओली सचिवालय बैठकमा सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
बुधबारको बैठकमा भने अध्यक्ष ओली उपस्थित नभपछि बैठक आजका लागि सारिएको थियो । स्थायी कमिटीको विषय पनि सचिवालय बैठकबाटै निर्णय गर्नपर्ने पनि प्रचण्डले ओलीलाई आग्रह गरेका छन् ।
यसअघि गएको बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीको उपस्थिति नभएपछि आजको लागि समय तय भएको थियो । प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने र नयाँ सहमतिमा साझा प्रस्ताव ल्याउनुपर्नै पक्षमा उभिएको बेला अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेता माधवकुमार नेपाल दुवै प्रतिवेदनलाई सचिवालय स्थायी र केन्द्रीय समितिको बैठकमा छलफलका लागि लैजान पर्ने अडान राखेका थिए ।
अब दुवै अध्यक्षका प्रस्ताव तल्ला कमिटीमा जाने निश्चित देखिएको छ । नेकपाको १८ गत बोलाइएको स्थायी समिति बैठक समेत भोली बोलाईएको छ भने २५ गते केन्द्रीय समितिको बैठक बस्ने तय भैसकेको छ ।