एजेन्सी ।
इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परे पनि युभेन्ट्सले उत्कृष्ट कमब्याक गरेको हो । खेलको नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा युभेन्ट्स खेलमा फर्किएको थियो ।
७८औँ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए । ८९औँ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।
इन्जुरी समयमा कार्लोले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो ।
घरेलु मैदानको जितसँगै युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १० खेलमा २० अंक जोडेको छ भने टोरिनो ६ अंकसहित १८औँ स्थानमा छ ।