‘तारक मेहताका उल्टा चश्मा’ का लेखकको आत्महत्याको कारण ‘धोकाधडी’ – Janadesh Daily | ePaper

‘तारक मेहताका उल्टा चश्मा’ का लेखकको आत्महत्याको कारण ‘धोकाधडी’


एजेन्सी ।

भारतीय सोनी टेलिभिजनको चर्चित कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक अभिषेक मकवानाले आत्महत्या गर्नुको कारण खुल्दै गएको छ ।

अभिषेकले आफ्नो सुसाइड नोटमा आत्महत्याको कारण आर्थिक कारण बताएका थिए । तर अब उनको परिवारले अभिषेक ब्ल्याकमेल र साइबर धोकाको शिकार भएको दाबी गरेका छन् ।

अभिषेक मकवानाका परिवार र नजिकका साथीले उनको मृत्युपछि पनि तनाव दिने खालको फोन आइरहेको जानकारी दिएका छन् । खबरका अनुसार अभिषेक मकवानाको परिवारका अनुसार छोराको मृत्युपछि उनीहरुलाई पनि तनाव दिने व्यक्तिको तर्फबाट फोन आइरहेको छ ।

परिवारले भने, ‘उनीहरुले फोन गरेर पैसा मागिरहेका छन् । अभिषेकले ऋण लिने बेला आफ्नो परिवारलाई साक्षी बनाएको उनीहरुले बताइरहेका छन् । अभिषेकले फाइनान्सियल फ्रडका कारण आत्महत्या गरेका हुन् ।’

अभिषेक मकवानाका भाइ जेनिसले मुम्बई प्रहरीलाई दिवगंत लेखेकाका थुप्रै इमेलले पनि फाइनान्सियल फ्रडको जानकारी पाएको जानकारी दिए ।

अभिषेकले आफू निकै लामो समयदेखि आर्थिक समस्यासँग जुधिरहेको र त्यसैले आफूले यस्तो खतरनाक कदम उठाएको सुसाइड नोटमा बताएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्