क्यालिफोर्नियामा पुनः लकडाउनको घोषणा – Janadesh Daily | ePaper

क्यालिफोर्नियामा पुनः लकडाउनको घोषणा


एजेन्सी ।

अमेरिकी राज्य क्यालिफोर्नियाको अधिकांश क्षेत्रमा पुनः लकडाउन लागू गरिएको छ । बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न राज्य सरकारले कडा लकडाउन घोषणा गरेको हो । लकडाउनपछि कुल ४ करोड जनसंख्या मध्ये ८५ प्रतिशत नागरिक आगामी तीन साता र क्रिसमस बिदा घरमै बस्नुपर्ने भएको छ । धेरै व्यावसाय बन्द हुने छन् भने घर बाहिर पारिवारीक जमघटमा रोक लगाइएको छ ।

संक्रमित बढ्दै जादाँ अस्पतालको सघन उपचार कक्षको क्षमता घटिरहेकोले नयाँ आदेश जारी गर्नुपरेको राज्य सरकारले जनाएको छ । राज्यको दक्षिणी भुभाग र मध्य उपत्यकामा लागू गरिएको नयाँ प्रतिबन्ध आइतबार मध्यरातदेखि कार्यन्वनमा आएको जनाएको छ ।

क्यालिफोर्नियामा यस अघि मार्चमा पनि लकडाउन घोषणा गरिएको थियो । उक्त समय अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको थियो । यसैगरी सान फ्रान्सिस्कोमा लकडाउन गरिएको छ भने अन्य क्षेत्रमा लकडाउनको तयारी भएको छ । पछिल्ला दिनमा अमेरिकामा विभिन्न राज्यमा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ । संक्रमणका कारण अमेरिकाले विश्वको अन्य मुलुकको तुलनामा धेरै मानवीय क्षति बेहोर्नुपरेको छ ।

कोरोना संक्रमणबाट अहिले सम्म २ लाख ८८ हजार ९ सय बढीले ज्यान गुमाइसकेका छन् भने १ करोड ५१ लाख ५९ हजार ५ सय बढी संक्रमणको चपेटामा परेका छन् ।

यसैबीच राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल रुडी गिलिनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले संक्रमणको पुष्टि गर्दै गिलिनीको अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्