बलात्कारको आरोप लागेका बाबालाई अदालतको सफाई, आलोचकहरु फैसलाप्रति असन्तुष्ट – Janadesh Daily | ePaper

बलात्कारको आरोप लागेका बाबालाई अदालतको सफाई, आलोचकहरु फैसलाप्रति असन्तुष्ट


जनादेश, विराटनगर

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अदालतबाट सफाई पाएका छन् ।

गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार सफाई दिएको हो । गिरीमाथि अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ ।

सोमबार जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनीमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिइएको हो ।

गिरीमाथि अनुयायी महिलालाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लागेको थियो ।

प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । आलोचकहरुले सरकारी वकिलको अनुपस्थितिमै अदालतले सुनाएको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

बलात्कार सम्बन्धि मुद्धा स्थगित गर्न उनले गरेको भनिएका बार्गेनिकका प्रमाण समेत रहेको दाबी आलोचकहरुको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्