जनादेश, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।
कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति निधन भएको हो ।
लामाको ११ बजे निधन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जनादेशलाई जानकारी दिइन्।
लामालाई उच्च रक्तचाप सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनलाई आइसियूमा राखेर उपचार गर्दा पनि सुधार भएको थिएन ।
लामा ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत भएका थिए।