सय जनाबाट प्लाज्मा र रक्तदान – Janadesh Daily | ePaper

सय जनाबाट प्लाज्मा र रक्तदान


विराटनगर ।

कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गर्नुभएको छ ।

‘रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ’ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९ सङ्क्रमितमा हुने रगत अभावको अवस्था अन्त्य गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख पराजुलीले आजसमेत गरेर आफूले ५४ पटक रक्तदान गरिसकेको जानकारी दिँदै प्लाज्मा तथा रक्तदातालाई प्रमाणपत्र पनि वितरण गर्नुभयो । विराटनगर निवासी रक्तदाता रवि शाहले रक्तदान गर्नु एकदमै राम्रो कर्म भएकाले हरेक स्वस्थ मानिसलाई रक्तदान गर्न सुझाव दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्