एजेन्सी ।
संसारमा सबैभन्दा बढी झुट् समाचार प्रचार गर्ने देश भारत रहेको एक अध्ययनले खुलासा गरेको छ । भारत विश्वकै ठूलोमध्येको एक दुष्प्रचारक रहेको ठहर बेल्जयमको ब्रसेल्सस्थित एक एनजीओ ईयू डिसइन्फो ल्याबले प्रकाशित गरेको रिपोर्टमा गरिएको छ ।
उक्त संस्थाका अनुसार भारतको फेक न्युज उद्योग १५ वर्षदेखि सञ्चालनमा छ। युरोपेली संघको डिसइन्फो ल्याबले सो रिपोर्टलाई ‘इन्डियन क्रोनिकल्स’ नाम दिएको छ । करिब एक वर्ष लामो अनुसन्धानपछि यो रिपोर्ट प्रकाशित गरिएको हो ।
यो अभियान सञ्चालनमा नयाँ दिल्लीस्थित श्रीवास्तव ग्रुप र एसियन न्युज इन्टरनेसनल (एएनआई)को मुख्य हात रहेको रिपोर्टमा खुलाइएको छ । र यो अभियान युरोपेली संघ र संयुक्त राष्ट्रसंघलाई प्रभावित गर्न तथा भारतमा नरेन्द्र मोदी सरकारको छवि चम्काउन प्रयोग भएको रिपोर्टले निष्कर्ष निकालेको छ ।
रिपोर्टअनुसार श्रीवास्तव ग्रुपले विश्वका ११६ मुलुकमा ७५० भन्दा धेरै फेक न्युज आउटलेट बनाएर दुष्प्रचार चलाइरहेको छ । ती आउटलेटले उत्पादन गरेको फेक न्युजलाई एएनआईले पुनरोत्पादन गर्ने र अन्य भारतीय सञ्चारमाध्यमले त्यसलाई प्रकाशित गर्ने गरेका छन्।
त्यतिमात्र होइन, यो अभियान सञ्चालकहरुले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदले मान्यता दिएका १० वटाभन्दा बढी एनजीओहरुलाई सञ्चालन गरिरहेको खुलासा भएको छ।
त्यस्तै अनेकौँ चर्चित व्यक्तिहरुको पहिचान चोरेर पनि यो अभियान चलाइएको पाइएको छ। मानव अधिकारका क्षेत्रमा चर्चित नाम हो प्रा. लुई बी सन। उनको सन् २००६ मै मृत्यु भइसकेको थियो। तर, सन् २०११ मा वासिङ्टनमा भएको एउटा कार्यक्रममा उनी सहभागी रहेको दुष्प्रचार यही अभियानले गरेको थियो।
यो अभियानको मुख्य उदेश्य पाकिस्तानको छवि बिगार्नु भएपनि केही हदसम्म चीनविरोधी भावना वृद्धि गर्न पनि यसको प्रयोग भएको रिपोर्टमा उल्लेख छ ।
REVEALED: Indian Chronicles – how a massive 15-year influence operation successfully targeted the EU & UN with 750+ fake local media and 10+ zombie-NGOs.
Executive Summary & full report: https://t.co/W3IAxQTOqZ
Here are the facts 👇 (1/n) pic.twitter.com/eXW6bh48gv— EU DisinfoLab (@DisinfoEU) December 9, 2020
संसारमा ‘फेक न्युज’को उद्यम वास्तविक न्यूजको भन्दा कमजोर रहेको यो रिपोर्टबाट पुष्टि भएको छ । भारत लगायत विश्वभर नरेन्द्र मोदीलाई महान देखाउन यो अभियान लागेको देखिन्छ ।