मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा : मुख्यमन्त्री राई – Janadesh Daily | ePaper

मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा : मुख्यमन्त्री राई


इलाम ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभएको छ ।

माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उहाँले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भन्नुभयो । उहाँले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताउनुभयो ।

सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्