जनादेश, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट र अधिनायकवादतर्फ अघि बढेको बताउँदै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन सुरु गरेको हो ।
विरोध कार्यक्रम अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रम, नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रम, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डाक्टर रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
काठमाडौंमा रामचन्द्र पौडेल सहितको प्रदर्शन सुरु भइसकेको छ । काठमाडौंमा बिरोध प्रदर्शनको लागि पाँच स्थानबाट प्रदर्शन सुरु भई रत्नपार्कमा भेला हुँदैछन्।