जनादेश, काठमाडौँ ।
गौतमबुद्ध कप टी-२० क्रिकेट प्रतियोगिताको आजको खेलमा राप्तीले नारायणीमाथि रोमाञ्चक जित निकालेको छ । समूह चरणको तेश्रो तथा अन्तिम खेलमा राप्तीले नारायणीमाथि १ रनको जित निकालेको हो ।
चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लगातार दोस्रो जित निकालेको राप्तीले शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्यो । पराजित नरायणीले भने १ जितसहित राप्तीसंगकै फाइनल भेट पक्का गर्यो । गौतमबुद्ध रंगशालाको नमुना मैदानमा सोमबार भएको खेलमा राप्तीले १ विकेटको जित निकालेको हो ।
नारायणीले दिएको १ सय ३९ रनको लक्ष्प्य राप्तीले अन्तिम बल बाँकी छँदा ९ विकट गुमाउँदै पुरा गर्यो । राप्तीको जितमा कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ६ छक्का ४ चौकाको मद्दतले ६५ रन बनाए ।
कमल सिंह ऐरीले अविजित २४ रनको योगदान दिए । नारायणीका कप्तान करन केसीले ३ विकेट लिए । यस्तै सुशन भारी र किशोर महतोले २(२ विकेट हात पारे । यस अघि टस जितेर पहिले ब्यटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।
नारायणीका किशोर महतोले अविजित ३६, करन केसीले ३२ रन बनाएका थिए । गौतमबुद्धकपमा यी दुबै टोली यस अघिनै फाइनल पुगिसकेका छन् । फाइनल खेल मंगलबार हुनेछ ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा आर्थिक सहयोग जुटाउन यो प्रतियोगिता गरिएको हो ।