जनादेश, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ।
बैठकमा समसामयिक विषयमा छलफल भएको नेकपा स्रोतले जनाएको छ । मंगलबार बिहान संवैधानिक परिषद् बैठक स्थगित भए लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो ।