नाटकीय विकासक्रमः प्रचण्ड बालुवाटार पुगेपछि आज बोलाइएको संबैधानिक परिषद् बैठक स्थगित – Janadesh Daily | ePaper

नाटकीय विकासक्रमः प्रचण्ड बालुवाटार पुगेपछि आज बोलाइएको संबैधानिक परिषद् बैठक स्थगित


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित गरेका छन् । परिषद् सम्बन्धि अध्यादेश फिर्ता गर्ने सहमति भएको २४ घण्टा नवित्दै नाटकीयरुपमा बैठक बोलाएका ओलीले नाटकीयरुपमा नै स्थगित गरेका हुन् ।

संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले परिषद्को बैठक बोलाएका थिए ।

बुधबार मात्र नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो । ओलीले परिषद् बैठक बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । प्रचण्ड बालुवाटार पुगेपछि बैठक स्थगित भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्