भेटिएकै हो त प्रचण्ड र बाबुराम फेरि एक ठाउँ हुने सुत्र ? अहिलेसम्मका घटनाक्रमले त्यसै भन्छ – Janadesh Daily | ePaper

भेटिएकै हो त प्रचण्ड र बाबुराम फेरि एक ठाउँ हुने सुत्र ? अहिलेसम्मका घटनाक्रमले त्यसै भन्छ


जनादेश, काठमाडौँ ।

माओवादी जनयुद्धको प्रमुख मुद्धा संविधान सभाले निर्मा

 

ण गरेको संविधान र त्यही आन्दोलनले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताका व्यवस्थामाथि केपी ओलीले धावा बोलेका छन् ।

राजनीतिकरुपमा नितान्त एक्लिएका ओलीले युद्धका मुद्धा लगाएर जनयुद्धका नेताहरुमाथि थप चरणका धावा बोल्ने खतरा पनि उत्तिकै बढेको छ । पछिल्लो परिस्थितिले गणतन्त्र, संघीयता लगायतका अग्रगामी मुद्धाका पक्षधरहरुलाई झस्काएको छ ।

देशमा ओलीको निरंकुशता झांगिन थालेपछि जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड सडकमा छन् भने अर्को मोर्चाको नेतृत्व सडकबाटै डाक्टर बाबुराम भट्टराईले गरिरहेका छन् ।

संविधान जारी भएपछि छुट्टिएका प्रचण्ड र बाबुरामलाई ‌ओलीले फेरि नजिक ल्याउने संकेत देखिएको छ । प्रचण्ड र बाबुरामबीच बाक्लिएका भेटघाट र एजेण्डाको निकटताका कारण अब फेरि देशमा दुई नेतालाई एउटै मोर्चामा देख्न पाइन्छ कि भन्ने सम्भावना बढेको हो ।

शुक्रबारमात्र पनि उपराष्ट्रपति नन्दबहादुर पुनको रोहवरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा वरिष्ठ नेता बाबुराम भट्टराईको भेट भयो । भृकुटीमण्डपमा शुक्रबार भएको विरोध सभालगत्तै प्रचण्ड उपराष्ट्रपति निवास पुगेका थिए । जसपाको कार्यक्रम सकेर भैरहवाबाट हतारहतार काठमाडौ फर्किएका भट्टराईले शुक्रबारको रत्नपार्कको आमसभापछि प्रचण्डसँग उपराष्ट्रपति निवासमा छलफल गरेका हुन् । उपराष्ट्रपति निवास लैनचौरमा तीन जना बीच आधा घण्टा भन्दा बढी अन्तरंग कुरा भएको श्रोतले जनाएको छ ।

प्रचण्ड र बाबुरामले विगतको माओवादी आन्दोलनबारे समेत समीक्षा गर्दै भएका कमी कमजोरी सच्चाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् । उच्च स्रोतका अनुसार प्रचण्ड र बाबुराम बिच अब सामुहिक आन्दोलन गरेर जानुपर्नेबारे समेत छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षको नेकपासहित अधिकांश दलहरु पुनस्स्थापनाको पक्षमा आन्दोलनरत छन्।

प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमै नभएको ती दलहरुको जिकिर छ । कांग्रेसले साथ नदिएपछि भट्टराईले प्रचण्डसँग भेटेर संयुक्त आन्दोलनको प्रस्ताव राखेको उनका स्वकीय सचिव रोशन पोख्रेलले जनादेशलाई बताए ।

भट्टराईले संयुक्त आन्दोलनका साथै प्रचण्ड-नेपाल पक्षले ओलीसँग पूर्ण रुपमा सम्बन्धविच्छेदको प्रस्ताव राखेको पोखरेलले बताएका छन् ।

राजनीतिमा लामो समय सहकार्य गरेका प्रचण्ड–बाबुरामको भेटलाई धेरैले महत्वका साथ हेरेका छन् । जनयुद्धमा नेतृत्व तहमा रहेका प्रचण्ड–बाबुराम र उपराष्ट्रपति पुनसहितको भेटले संयुक्त मोर्चासँगै एकतामा पुर्‍याउन सक्ने आँकलन गरिएको छ ।

गत पुस १४ गते उपराष्ट्रपति नन्दबहादुर पुननिवासमा अध्यक्ष प्रचण्डसहित भट्टराई र जसपाकै वरिष्ठ नेता अशोक राईले भेटेर छलफल गरेका थिए । प्रचण्ड–नेपाल पक्षको कार्यक्रम भृकुटीमण्डपमा सकिएपछि उपराष्ट्रपतिसहित चार जना नेताले डिनर गरेर छुट्टिएको स्रोतले जनाएको छ । त्यतिबेला ओलीविरुद्ध संयुक्त मोर्चा बनाएर आन्दोलन गर्ने विषयमा छलफल भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्