जनादेश, काठमाण्डौ ।
आउँदो बिहिवार देखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा गरेकाछन् ।
छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
अहिले यातायात व्यवसायीको माग केही हदसम्म सम्बोधन भएपनि उनीहरु गाडी चलाउन तयार भएका हुन् ।