भीम रावलको संगीन आरोपः ओलीले १८ करोड हिनामिना गर्न खोजे (पूर्णपाठसहित) – Janadesh Daily | ePaper

भीम रावलको संगीन आरोपः ओलीले १८ करोड हिनामिना गर्न खोजे (पूर्णपाठसहित)


जनादेश अपडेट ।

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकीकरणपछि केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड हिनामिना गर्न खोजेको आरोप लगाएका छन् ।

पार्टी उपाध्यक्ष रावललाई प्रधानमन्त्री ओलीको समूहले सोधेको स्पष्टीकरणमा पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप थियो । त्यसको खण्डन गर्दै रावलले ओलीमाथि नै प्रश्न उठाएका हुन् ।

रावलले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बुझाएको स्पष्टीकरणमा आर्थिक अनुशासनहीनता र पार्टी सम्पत्तिको हिनामिना गरेको भन्ने कुरा झुठो र हास्यास्पद रहेको पनि बताएका छन् ।

रावलले स्पष्टीकरणमा भनेका छन्, ‘तपाईंले बालुवाटारमा गुटको भेला गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधानविपरीत अलग केन्द्रीय कमिटी र मातहत कमिटीका साथै जनवर्गीय संगठनहरू बनाउने अवैधानिक काम गर्नुभएपछि तपाईंका त्यस्ता पार्टीविरोधी गतिविधिबाट पार्टीको हित सुरक्षा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयअनुरुप सुदूरपश्चिम प्रदेश कमिटीका सचिव र कार्यालय सचिवले बैंक खाता संचालनमा आफ्नो हस्ताक्षरको प्रयोग गरी पार्टीको कोष सुरक्षित गरेको कुरालाई मसँग गाँसेर ‘आर्थिक अनुशासनहीनता र पार्टी सम्पत्तिको हिनामिना गरेको’ भन्ने जस्तो झुठो र हास्यास्पद कुरा पत्रमा उल्लेख गर्नलगाएको देख्दा तपाईं जनमानसमा भ्रम छर्न कति उद्यत हुनुहुँदोरहेछ भन्ने कुराको पुष्टि हुन्न र ? यस्तो निकृष्ट प्रचार गरेर तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गर्नुभएको मात्र हो किन नभन्ने ?’

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएका हुन्।

यो पनि हेर्नुस्- स्पष्टिकरण सोध्ने ओलीलाई माधव नेपालका प्रश्नै प्रश्नः सोधे उल्टै स्पष्टिकरण (पूर्णपाठसहित)

उनीहरुलाई गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो।

यस्तो छ रावलले बुझाएको स्पष्टीकरणको पूर्णपाठः

[embeddoc url=”http://janadeshdaily.com/wp-content/uploads/2021/03/Clarification-Bhim-UML-77-12-12.pdf”]

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्