ओलीसँग बस्न नसकिने माधव नेपालको निष्कर्ष, प्रचण्डले आज पुनरावलोकन निवेदन दिने – Janadesh Daily | ePaper

ओलीसँग बस्न नसकिने माधव नेपालको निष्कर्ष, प्रचण्डले आज पुनरावलोकन निवेदन दिने


जनादेश वाच ।
विभाजनको संघारमा रहेको एमालेका प्रमुख दुई प्रतिद्वन्द्वी नेता प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच सम्बन्ध सुधार नहुने निश्चित भएको छ ।

एमालेका दुवै समूह अब सँगै अघि बढ्न नसकिने निष्कर्षनजिक पुगेका छन् । असन्तुष्ट पक्ष स्थायी रुपमा पार्टीमा रहँदा आन्तरिक कलह भइरहने र त्यसले ठूलो नोक्सान गर्ने ओली पक्षको निष्कर्ष छ भने समूहगत अस्तित्व नहुने हो भने अर्को पक्षले सधैँ पेलिरहने बुझाइ नेपाल पक्षको छ ।

माधवव पक्षलाई ओलीसँग झुकेर अघि बढे उनी झनै आक्रामक बन्ने र पार्टीमा आफूहरुको अस्तित्व नै संकटमा पर्ने भय छ। आफ्नो पक्षका भेलाहरुमा नेपालले आगामी चुनावमा टिकट वितरणलगायतका विषयमा एकलौटी गरेर ओलीले आफ्नो समूहलाई सखाप पार्ने बताएका थिए।

सोही निष्कर्षअनुसार नेपाल पक्षले विभिन्न तहमा आफ्ना समानान्तर कमिटी सक्रिय बनाउँदै लगेको छ। अनेरास्ववियु, युवा संघ र महिला संघको केन्द्रमा संरचना निर्माण भइरहेका छन् भने दोस्रो चरणमा प्रदेश कमिटीहरुको तयारी रहेको छ।

शनिबार नेपालले कलंकी बैठकमा पुनर्गठित पार्टीले अपनाउने सामाजवाद स्थापनाको कार्यदिशाबारे एक घण्टा धारणा राखेका थिए । त्यसैगरी बैठकले नेता नेपाललाई चैत ४ र ५ गते कार्यकर्ता भेलामा उठेको विषयलाई संश्लेषण गरेर आवश्यक दस्तावेज निर्माण कार्यको संयोजन गर्न जिम्मेवारी पनि दिएको छ।

प्रचण्ड अदालत जाने तयारीमा
ओलीले आफूलाई अस्तित्व संकटमा पुर्‍याएपछि माधव नेपाल पक्षका केही नेता नेकपा व्युउँताउन पहल गर्नु पर्ने पक्षमा छन् । फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा असहमति जनाउँदै पुनरावलोकनमा गए त्यसो हुनसक्ने उनीहरुको बुझाई छ । अदालतको फैसलालाई लिएर माधवकुमार नेपाल र प्रचण्ड पक्षले लामो समय कानुनी परामर्श समेत गरेका थिए। प्रचण्ड-माधव पक्षले लामो समय कानुनी परामर्श गरेपछि पुनरावलोकनमा जाने निष्कर्षमा पुगेका हुन।

प्रचण्ड सोमबार पुनरावलोकनका लागि जाने तयारीमा छन् । अदालतले ऋषिराम कट्टेल नेतत्वको नेकपालाई वैधानिकता दिई एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि माओवादी पुनरावलोकनमा जाने तयारी गरेको हो ।

यो पनि हेर्नुस्-

 कसको दबाबमा छन् प्रचण्ड, ओलीलाई दिएको समर्थन फिर्ता लिँदा कसलाई फाइदा !

यसकारण ओली ढुक्क, प्रचण्डलाई तनाव

योगेश भट्टराई र सूर्य थापाको ट्वीटर जुहारी, हैसियतको कुरामा सूर्यले फेरि दिए जवाफ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्