थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण – Janadesh Daily | ePaper

थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार २८९ पीसिआर परीक्षणबाट ५८० र ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र २५४ जना रहेका छन् । तमिध्ये काठमाडौँका १७३, ललितपुरका ६१ र भक्तपुरका २० जन रहेका छन् । उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार ४४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२९ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये ४५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तीन सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्