जनादेश अपडेट ।
पुनः संसद विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरिएपछि विपक्षी दलहरुले आपत्त जनाएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री र राष्ट्रपतिलाई कोरोना महामारीका बेला घोषणा गरिएको मध्यावधि चुनाव महंगो पर्ने चेतावनी दिएका छन् ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा गरेकी छन् ।
कांग्रेस प्रवक्ता शर्माले ट्वीट मार्फत त्यसमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘ बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्री जी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’
`अहंकारको वृक्षमा विनाशको फल लाग्छ´,
सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021
उनले अर्को ट्वीटमा लेखेका छन्, ‘ महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’
उनले जित जनताकै हुने बताउँदै प्रधानमन्त्रीलाई पनि चेतावनी दिएका छन् ।