एजेन्सी ।
इंग्लिस प्रिमियर लिगको सिजनको अन्तिम खेलमा च्याम्पियन लिभरपुल र दोस्रो भएको म्यानचेस्टर सिटीले सहज जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ ।
च्याम्पियन लिभरपुलले न्युक्यासलमाथि ३–१ को पूनरागमन जित निकाल्दा म्यानचेस्टर सिटीले रेलिगेसनमा परेको नर्विच सिटीमाथि ५–० को सानदार जित निकाल्यो । खेलको पहिलो मिनेटमा नै डिविट गेलको गोलबाट न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । तर, न्युक्यासले उक्त अग्रतालाई जोगाउन सकेन ।
३८औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५९औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ८९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–१ को पूनरागमन जित दिलाए ।
यस्तै अर्काे खेलमा केभिन डि ब्रुयनले दुई तथा ग्याब्रियल जेसस, रहिम स्ट्रलिङ र रियाद महारजेले गोल गरेपछि म्यानचेस्टर सिटीले नर्विच सिटीमाथि ५–० को फराकिलो जित निकाल्यो ।
यो जितले लिभरपुलले शीर्ष स्थानमा १८ अंकको फराकिलो अग्रता लिन सफल भयो । लिभरपुल १ सय अंक बनाउनबाट १ अंकले ९९ तथा सिटीले ८१ अंक जोड्यो ।