एक वर्षमा तीन बाघ मरे – Janadesh Daily | ePaper

एक वर्षमा तीन बाघ मरे


चितवन ।

गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो ।

त्यसैगरी, ठोरी र कसरामा एक–एकवटा पोथी वयस्क बाघ मृत फेला परेका हुन् । कसरामा उद्धारका क्रममा बाघ मरेको हो । दुईवटा घाइते भएर मरेका हुन भने एउटाको कारण नखुलेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो । दुर्लभ एकसिङ्गे गैँडा पनि अघिल्लो आवमा धेरै मरेका थिए । त्यस वर्ष ४३ गैँडा मरेका थिए भने गत आवमा प्राकृतिक कारणबाट मर्ने गैँडाको सङ्ख्या २६ रहेको छ ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क ९३ पाटेबाघ रहेको तथ्याङ्क छ । पर्सादेखि वाल्मीकि टाइगर रिजर्भसम्म यो सङ्ख्या १४३ रहेको छ । पर्साको मात्र १८ हो भने बाँकी वाल्मीकि टाइगरको भएको उप्रेती बताउनुहुन्छ । पछिल्ला वर्षमा सडक र विकासका नाममा निकुञ्ज र वनमा बनाइने सडक र संरचनाका कारण बाघको बासस्थानमा असर पर्ने गरेको छ । उहाँले भन्नुभयो, “अतिक्रमण बढ्दै जाँदा बाघ संरक्षणमा जोखिम बढेको छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्