बाढीले बगाएका दुई एम्बुलेन्स सहित ११ जनाको शकुसल उद्धार – Janadesh Daily | ePaper

बाढीले बगाएका दुई एम्बुलेन्स सहित ११ जनाको शकुसल उद्धार


चन्द्रप्रकाश नेपाली

घोराही । दाङमा अविरल बर्षापछि आएको बाढीले बगाएका दुई वटा एम्बुलेन्स सहित यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ ।

घोराही उपमहानगरपालिका ४ सिस्नेखोला र वडा नम्बर ११ स्थित हापुर खोलामा आएको बाढीले बगाएका दुई एम्बुलेन्स सहित ११ जना व्यक्तिहरुलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

आज बिहान साढे ३ बजे तिर सिस्नेखोलामा आएको बाढीले बगेको रा १ च ८११ नम्बरको एम्बुलेन्सलाई १५ मिटर तल बाट प्रहरी चौकी गोग्ली, वडा प्रहरी कार्यालय घोराही र ट्राफिक प्रहरीको टोलीले डोजरको सहायतामा उद्धार गरिएको हो ।

कपिलबस्तुबाट तुलसीपुर आउदै गरेको एम्बुलेन्समा सवार चालक गढवा ७ का २८ बर्षिय प्रसुन प्रसाद चौधरी सहित अर्घाखाँची पाडेनी ७ का ३० बर्षिय दिलबहादुर बुढाथोकी, ३५ बर्षिया मन्जु गाहा, ४ बर्षका तारा गाहा, तुलसीपुर १६ का ४० बर्षिया सीता चौधरी र २६ बर्षिया झविकला चौधरीलाई सकुशल उद्धार गरिएको ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

त्यसैगरी, घोराही ११ हापुर खोलामा आएको बाढीले बगाएको रा १ च ८९२ नम्बरको एम्बुलेन्सलाई पनि क्रेनको साहेतामा प्रहरीले उद्धार गरेको छ । धर्नाबाट तुलसीपुर जाँदै गरेको उक्त एम्बुलेन्सलाई हापुर खोलामा आएको बाढीले २० मिटर तल पु¥याएको थियो ।

जिप चालक घोराही ५ धर्नाका ४५ बर्षिय अमर कुवर, यात्रुहरु सोही ठाउँका २८ बर्षिय विष्णु सार्की, २५ बर्षिया शान्ती नेपाली, ४ बर्षका विषेश नेपाली र २६ बर्षिय सरद नेपालीलाई दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दको नेतृत्वमा गएको २० जना र इलका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको ७ जनाको प्रहरी टोली सकुशल उद्धार गरेको हो ।

गएराती अत्यधिक मात्रामा परेको बर्षाका कारण खोला तथा नदिमा बाढीको बहाब बढेको छ । रातीको समयमा अन्दाजका आधारमा खोलामा गाडी हाल्दा दुर्घटना हुने गरेको छ । अन्य खोलामा पुल बने पनि सिस्ने खोलामा बन्दै छ भने हापुर, सेवा र पत्रे खोलामा पुल नहुने जोखिम कामयै छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्