जनादेश, बुटवल ।
एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ। एमालेले पार्टीको ह्वीप विपरीत सरकारलाई समर्थन गरेको भन्दै कारबाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई संसद सचिवालयले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गरेको हो । सभामुख पूर्ण बहादुर घर्तीले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
एमालेका सांसदहरूले प्रदेश सभा बैठकमा ‘अनुशासनहीन सांसदलाई कारबाही गर’, ‘संसद्को मर्यादा कायम गर’, ‘पक्षपात गर्न पाईँदैन’, ‘सदनमा निष्पक्षता कायम गर’ जस्ता नारा लगाएका थिए।