फरार अभियुक्तलाई पक्राउ – Janadesh Daily | ePaper

फरार अभियुक्तलाई पक्राउ


कैलाली,
प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ ।

२६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका–९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

कैलाली जिल्ला अदालतको विसं २०७१ वैशाख १७ गतेको आदेशले चौधरीलाई छ वर्ष कैदको सजाय तोकेको थियो । उनलाई साउन १२ गते पक्राउ गरी १४ गते पुपक्र्षका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

भजनी नगरपालिकामा बाढीमा बगेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि बेपत्ता भएका भजनी नगरपालिका–८ जनकपुर गाउँका नौ वर्षीय इजीकेल चौधरीको शव मृतावस्थामा फेला परेको हो ।

बाढीमा बगेर भजनी नगरपालिका–८ बस्ने ३३ वर्षीय चक्रबहादुर विक, काँडाढिकगाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

उपरीक्षक अुनपशम्सेर जबराले बाढीमा बगेर बेपत्ताको खोजी भइरहेको बताउनुभयो । बुधबार बेपत्ता भएका टङ्क शाही, हेमन्त शाही, विकी शाह, बलबहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्