जनादेश, काठमाडौं ।
प्रहरी प्रधान कार्यालय नक्सालमा थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उससँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । आइतबार केही प्रहरीमा कोरेनाको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि प्रधान कार्यालयले उनीहरूको रिपोर्ट भेरिफाइका लागि टेकुस्थित अस्पताल पठाएको थियो । चार जनामा संक्रमण पुष्टि भएपटिछ उनीहरूको सम्पर्कमा रहेकाको समेत परीक्षण गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशभरका २ सय ५० प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।