च्याउको तरकारी खाएकामध्ये थप एकको मृत्यु – Janadesh Daily | ePaper

च्याउको तरकारी खाएकामध्ये थप एकको मृत्यु


जाजरकोट ।

च्याउको तरकारी खाएर गम्भीर बिरामी भएर प्रदेश अपताल सुर्खेतमा उपचार गराईरहेका जाजरकोट कुसे गाउँपालिका १ स्याँक्रीका थप एक जनाको मृत्यु भएको छ । ३० बर्षिय ललित चलाउनेको शुक्रवार विहान उपचारको क्रममा मृत्यु भएको सुर्खेत अस्पतालले जनाएको छ । यो सगै च्याउको तरकारी खाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृत्यु हुने सवै एकै घरका हुन् ।

गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याउर पकाएर खाएका टेक बहादुर चलाउने सहित ८ जना परिवार विरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा टेक बहादुर चलाउनेकी १६ बर्षिय छोरी औसरा, १३ बर्षिय छोरी धनसरा र ११ बर्षिय नातिनि निरुता सिहको उपचारको क्रममा केहि दिन अघि मृत्यु भएको थियो ।

टेक वहादुर चलाउनेकी ३ बर्षिय छोरी अन्जना चलाउनेको साउन ११ गते उपचारको लागी ल्याउदै स्थानिय मेडिकलमा ल्याउदै गर्दा गाउँमै मृत्यु भएको थियो । घरमुली ५० बर्षिय टेक बहादुर चलाउने, ३० बर्षिय बुहारी कल्पना चलाउने र १५ बर्षिय छोरी पशुपति चलाउनेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको कुसे गाउँपालिका १ का वडा अध्यक्ष गोपाल नेपालीले वताउनु भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्