लेवान्डोस्की र रोनाल्डोलाई पछि पार्दै इम्मोबिलेले जिते गोल्डेन बुट – Janadesh Daily | ePaper

लेवान्डोस्की र रोनाल्डोलाई पछि पार्दै इम्मोबिलेले जिते गोल्डेन बुट


एजेन्सी ।

सिरी ‘ए’ टोली लाजियाका इटालियन फरवार्ड चिरो इम्मोबिलेले युरोपियन गोल्डेन बुट जितेका छन् । इम्मोबिलेले युरोप र सिरी ‘ए’ दुवैमा गोल्डेनबुट जित्न सफल भएका हुन् ।

इम्मोबिलेले युरोपमा पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई तथा सिरी ‘ए’ मा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन युरोप र लिगमा गोल्डेन बुट जितेका हुन् ।

लेवान्डोस्कीले यो सिजन घरेलु लिगमा ३५ गोल गरेका थिए । रोनाल्डोले ३१ गोल गरेका थिए । ३० वर्षीय चिरोले आफ्नो खेल करियरमा पहिलोपटक गोल्डेबुट जितेका हुन् । चिरोले यो सिजन सिरी ‘ए’ को ३७ खेलमा ३६ गोल गरे । गतवर्ष लियोनेल मेस्सीले पनि ३६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

यस्तै चिरोले सिरी ‘ए’ बाट ३६ गोल गर्ने गोन्जलो हिगुआइनसँगको कीर्तिमानलाई बराबरी गरे । हिगुआइनले २०१५–१६ को सिजनमा ३६ गोल गरेका थिए । यस्तै सिरो २००७ पछि इटलीबाट गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २००७ को सिजनमा रोमा फ्रान्सिस्को टोट्टीले गोल्डेन बुट जितेका थिए । उनले २६ गोल गरेका थिए । युरोपियन गोल्डेन बुट युरोपियन स्पोर्ट्स मिडिया (इएसएम) ले घरेलु लिगमा गरेको गोलको आधारमा प्रदान गर्दै आएको छ ।

युरोपको शीर्ष पाँच लिग (प्रिमियर लिग, ला लिगा, बुन्डेस लिगा, लिग वान र सिरी ‘ए’) प्रत्येक गोलको दुई अंक गणना गरिन्छ । अन्य लिगमा स्तर अनुसार १.५ र १ अंक गणना गरिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्