जनादेश, रुपन्देही ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो । निमोनियाको उपचार गर्न आएका २२ वर्षीय युुवकमा संक्रमण देखिएको अस्पतालले जनाएकको छ । आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनलाई सोमबार साधारण बेडमा सारिएको थियो ।
युवकको रिपोर्ट पोजेटिभ आएसँगै उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको जनाइएकको छ ।