एजेन्सी ।
क्याटलान क्लब बार्सिलोनाले आफ्ना युवा स्टार फरवार्ड अन्सु फातीलाई क्लबमै राख्ने योजना अघि सारेको छ । बार्सिलोनाको एकेडेमी ला मासियाबाट आफ्नो खेल कला निखारेर यसै सिजन सिनियर टोलीमा स्थान बनाउँदै उच्च प्रदर्शन गर्न सफल फातीलाई क्लबमै राख्ने योजना अघि सारेको हो ।
फातीले यो सिजन स्पेनिस ला लिगामा ३२ खेल खेल्दै ८ गोल गर्न सफल भएका थिए । रिपोर्टअनुसार बार्सिलोनाले फातीसँग ३ सय ६० मिलियन पाउन्ड रिलिज क्लजसहितको नयाँ सम्झौता गर्नेछ । स्पेनिस पत्रिका मार्काका अनुसार फातीले कीर्तिमानी मुल्यमा बार्सिलोनासँग नयाँ सम्झौता गर्दै आफ्नो भविष्य सुनिश्चित पार्न चहान्छ ।
बार्सिलोना फातीलाई नेयमार जस्तै बेच्ने मनासयमा छैन । बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउन्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेचेको थियो ।
बार्सिलोनाले फातीलाई पहिलो टोलीमा नियमित खेलाउने र उनको तलवमा उल्लेखनीय वृद्धि भएको अनुमान गरिएको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टाेमेउले फातीलाई लामो समयको लागि क्लबमै राख्न चाहेको खुलासा गरेका छन् । बार्सिलोनामा फातीको सम्झौता २०२२ सम्म रहेको छ ।
‘त्यहाँ कुनै प्रस्तावहरु आएका छैनन् । तर, केही क्लबहरुले चासो देखाइरहेका छन् ।’ अध्यक्ष बार्टाेमेउले भने, ‘बार्सिलोनाको जवाफ रहेको छ । ‘होइन’ । उनी क्लबको भविष्यका लागि आवश्यक छ । अन्सु बिक्रीका लागि छैन ।’
यस्तै अध्यक्ष बार्टाेमेउले उनी एकेडेमीबाट हुर्किएका र एकेडेमीको प्रतिनिधित्व गर्ने खेलाडी हुन् । उनले पहिलो टिममा आफैलाई सुढृत गरेका छन् । ‘अन्सु अनुपम छन् । उनीले ला मासियाबाटबाट आफ्नो प्रतिभा निखारे अहिले सिनियर टोलीमा राम्रो छाप छाडेका छन् । उनी जस्ता धेरै खेलाडी छैनन् ।’
अध्यक्ष बार्टाेमेउले भने, ‘बार्सिलोनाले उनलाई बेच्न सक्दैन । हामी कुनै पनि समय फातीलाई बेच्न सक्दैनौं । यसको विपरित हामीले उनको क्षमता वृद्धि गर्नु र भविष्यमा उनलाई एउटा नयाँ सम्झौता गराउनु हो । ताकि उनले जीवनभर खेल्नेछन् ।’