एजेन्सी ।
कोरोना महामारीपछि युरोपियन फुटबल पुनरागमन भएसँगै बुधबार राति इंग्लिस क्लब म्यानचेस्ट युनाइटेडले घरेलु मैदानमा अष्ट्रियन क्लब लास्कको आतिथ्यता गर्दैछ ।
युरोपको चर्चित घरेलु लिग समापन भएसँगै युरोपको क्लब फुटबल झन्डै पाँच महिनापछि फर्किएको हो । युरोपा लिगको प्रि–क्वाटर फाइनको दोस्रो लेगक बाँकी रहेका चार खेलहरु आज राति तथा चार खेलहरु भोलि राति हुदैछ । युनाइटेडको खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।
घरेलु टोली युनाइटेड पहिलो लेगमा पाएको ५–० को सानदार जितलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । पलिहो लेगमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरेका थिए । युनाइटेडलाई बराबरी नै क्वाटरफाइनलमा प्रवेश गर्न पर्याप्त हुनेछ । युनाइटेड लास्कसँग ४–० ले पराजित भएपनि अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड, मार्कुस रासफोर्ड, एन्थोनी मार्सियल, पल पोग्वा लगायतको खेलाडीको साथ रहनेछ । तर, युनाएटेडले लास्कविरुद्ध दोस्रो रोजाईको टोली उतार्न सक्नेछ । यता, लास्क पनि युनाइटेडमाथि स्तब्ध पुर्ण नतिजा निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्ने दाँउमा हुनेछ । लास्कलाई अर्काे चरणमा प्रवेश गर्न कम्तीमा पनि ६–० को जित आवश्यक छ । जुन बलियो युनाइटेडविरुद्ध असम्भव जस्तै छ ।