आज जोर नम्बरका सवारी चलाउन पाईने – Janadesh Daily | ePaper

आज जोर नम्बरका सवारी चलाउन पाईने


जनादेश संवाददाता,

काठमाडौं । सरकारले बिहिबारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

जोर बिजोर प्रणाली गतेको आधारमा लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिए ।

अत्यावश्यक सेवाका सवारी साधानहरुमा जोर बिजोर लागु हुँदैन । सरकारी सवारी साधन, स्वास्थ्य क्षेत्रका सवारी, खाद्यान्न ढुवानी, दुध, खानेपानी तथा तरकारी ढुवानीमा प्रयोग हुने सवारीमा जोर बिजोर लागु हुँदैन ।

काठमाडौं उपत्यका र काठमाडौं उपत्यका बाहिर दुईसय भन्दा बढी संक्रमित भएको जिल्लामा यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको हो ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्