एजेन्सी ।
स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको खेलको लागि ग्यारेथ बेल र हामेस रोड्रिग्वेजलाई बाहिर राख्दै टोली घोषणा गरेको छ ।
सिटीविरुद्धको दोस्रो लेगको खेलमा बेल २४ सदस्यीय टोलीमै नपरेपछि जिदान र बेलबीचको पछिल्लो सम्बन्ध सुधार नभएको थप पुष्टि भएको छ । रियलले शुक्रबार राति सिटीको मैदानमा खेल्दैछ । रियल पहिलो लेगमा घरेलु मैदानमा २–१ ले पराजित भएको थियो ।
बेलले २४ जुनमा रियल मालोर्काविरुद्धको खेलमा खेलेयता टिममा रहेपनि खेल्ने अवसर पाएका छैनन् । जिदानको २४ सदस्यीय टोलीमा प्रतिबन्धित कप्तान सर्जियो रामोस र चोटसँग संघर्ष गरिरहेको फरवार्ड इडेन हाजार्डलाई पनि समावेश गरेको छ । रामोसले सिटीविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । टोलीमा रहेपनि रामोसले खेल्न पाउने छैनन् ।
रियलको टोली :
गोलरक्षकः थिवाउट कोर्टुवा, अलफोन्से एरेओला र डिएगो एलटुवि
डिफेन्डरः ड्यानी कार्भाजल, इडर मिलटाओ, सर्जियो रामोस, राफयल भरान, नाचो, मार्सेलो, फर्लान्ड मेन्डी र जाभी हर्नान्डेज
मिडफिल्डरः टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, फेडरिको भाल्भर्डे र इस्को
फरवार्डः इडेन हाजार्ड, करिम बेन्जेमा, लुकास भास्क्वेज, लुका जोभिक, मार्काे एसेन्सियो, ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगो ।