जापानबाट कसुमीको उपचारमा सहयोग – Janadesh Daily | ePaper

जापानबाट कसुमीको उपचारमा सहयोग


काठमाडौं

नेपाल जापान फुटबल एसोसिएसनले ब्लड क्यान्सरको उपचार गराइरहेकी पूर्व फुटबल खेलाडी एवंम प्रशिक्षक नरकुमार राईकी छोरी कसुमीको उचारका लागि आर्थिक सहयोग गरेको छ ।

पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन अध्यक्ष, शिव खड्का उपाध्यक्ष रहेको एसोसिएसनले जापानमा रहँदै विभिन्न पेशा व्यवसायमा संलग्नहरुसँग राईको छोरीको उपचारका लागि रकम संकलन गरेको थियो । यसरी संकलित १ लाख ५६ हजार ५ सय ५० रुपैयाँ एसोसिएसनले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कामार्फत पठाएको थियो ।

खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बाफो सुब्बाले बिहीबार प्रशिक्षक राईलाई हस्तान्तरण गरे । उचारका लागि आर्थिक अभाव भएको जानकारी प्राप्त भएपछि सम्भव भएसम्मको रकम संकलन गरेर पठाएको एसोसिएसनका उपाध्यक्ष खड्काले बताए ।

एपिएफका प्रशिक्षक राईले उपचार मंहगो भएकोले सबैसँग सहयोगको अपिल गरेका छन् । ‘किमो थेरापी करिब सकिएको छ । एकदम महंगो र कठिनाई हुने रहेछ । औषधीले पनि रियाक्सन गर्ने रहेछ । त्यसको पछि उपचार भइरहेको छ,’ उनले जानकारी दिए , ‘उपचारमा अहिले सम्म १५ /१६ लाख खर्च भयो । जसमा १० लाख रुपैयाँ सहयोग प्राप्त गरेका छौं। यो उपचारका लागि २ देखि ५ वर्ष सम्म लाग्छ भनिएको छ ।’

आफ्नो आर्थिक अवस्थाले मात्र छोरीको उपचारका लागि सम्भव नहुने भएकाले राईले सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् । पूर्व कप्तान खड्काले यस्तोमा एक्लै केहि गर्न नसकिने भएकाले आफुले जापानमा रहेको साथीहरु बसन्त र शिवसँग सल्लाह गरेर सहयोग संकलन गरेको जानकारी दिए । खड्काले सबैको सहयोगमा उपचार सम्भव भएकाले सहयोगका लागि सबैलाई अव्हान पनि गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्