प्रभु बैंककाे ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा – Janadesh Daily | ePaper

प्रभु बैंककाे ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


प्रभु बैंक लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर बिक्री ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी पूर्णमान शाक्यको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । इच्छुक संस्थापक सेयरधनिलेअसार १७ गतेदेखि ३५ दिन भित्र सेयर खरिदका लागि प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा आवेदन दिन सक्नेछन् ।

खरीदकर्ताले न्यूनतम एक हजार कित्ताका लागि न्यूनतम प्रतिसेयर १०० रुपैयाँदेखि प्रतिस्पर्धी मूल्यमा निवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिमा आवेदन नपरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्