पहिलो नेपाली अन्तरिक्ष यात्री ज्योती केसी अहिले दाङको भालुवाङमा, बधाई दिनेको ओइरो – Janadesh Daily | ePaper

पहिलो नेपाली अन्तरिक्ष यात्री ज्योती केसी अहिले दाङको भालुवाङमा, बधाई दिनेको ओइरो


भालुवाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङकी ज्योती केसीले बुवाआमाको प्रेरणाले अन्तरिक्षयात्री बन्न लागेको बताएकी छिन् । शनिवार राप्ती प्रेस मञ्चले उहाँकै निवासमा गरेको भेटघाटका क्रममा ज्योतीले कुरा बताएकी हुन् । कक्षा १० सम्म लालमटियामा रहेको मुनलाइट स्कुलमा अध्ययन गरेकी उनले प्लस टु बुटवलबाट गरेकी थिइन् । ५ वर्षअघि उनी ‘डिभी’ चिठ्ठा परेपछि अमेरिका गएकी थिइन् ।

उनी अमेरिका पुगेको २ वर्षसम्म रोजगारी गरिन् । त्यसपछि उनी अमेरिकी वायुसेनामा छनौट भइन् । उनले भनिन्, ‘म एयरफोर्स जान लागेको घरपरिवार कसैलाई पनि जानकारी दिइनँ । किनकी त्यो लामो प्रक्रिया रहेको थियो । मैले पहिलो पटक तयारी गर्दा म ३५ किलो मात्र थिए ँ। त्यहाँ छनौट हुन ५० किलो हुनुपथ्यो । परीक्षा दिएर नाम निकाल्नुपर्ने हुन्छ । त्यसमा पनि राम्रो अङ्क आएन । फेरि मैले ३ महिनामा ५० किलो तौल पु¥याएँ । दोस्रो पटकमा छनौट भए । म छनौट भएपछि मात्र बुबाआमालाई जानकारी दिएको उनले बताए ।

त्यसपछि फेरि स्वास्थ्य परीक्षण भयो । त्यसमा पनि पास भएपछि मेरो पृष्ठभूमि जाँच भएको थियो । त्यो सबै गर्न करिब १४ महिना लागेको उनको भनाइ छ । त्यसपछि उनलाई वायु सेनाको जागिरकै क्रममा अन्तरिक्षयात्री बन्ने अर्को अवसर पनि मिल्यो । त्यसपछि उनी त्यसका लागि अध्ययन गर्न पोल्याण्ड गइन्। अन्तरिक्षयात्री बन्नका लागि २ हप्ताको तालिममा सहभागी भइन् । उनले भर्खरै एनालग आस्टर्ड अन्तरिक्षको रिसर्च पूरा गरेकी छन् । उनले उक्त रिसर्चले आफूलाई राम्रो अनुभव दिएको पनि बताइन् ।

May be an image of 1 person and standing

उनले भनिन्, ‘ एयरफोर्समा भएका मेरा साथीहरूले यो रिसर्च एक वर्ष अगाडि गरेका थिए । त्यो वेला मेरो समय मिलेको थियो । यो वर्ष मैले आफैंले समय मिलाएर गरेकी हुँ । मलाई यसमा एयरफोर्सले निकै सहयोग गरेको छ ।’ उनले आफ्नो युनिटको आफू यो रिसर्च गर्ने पहिलो व्यक्ति भएको पनि बताइन् । पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेकी उनी अब नासा सँगको सहकार्यमा रिसर्चका लागि उड्ने योजना रहेको बताइन् ।

उनी अहिले दाङको भालुवाङ आएकी छन् । २० दिनको बिदामा घरपरिवारलाई भेट गर्न आएको उनको भनाइ छ । उनले भनिन्, ‘त्यहाँ पुग्ने मेरो जीवनको लक्ष्य हो तर मलाई त्यहाँ पुग्न कति समय लाग्छ, थाहा छैन । त्यो मैले एक दिन जति समय लागे पनि पूरा गर्नेछु ।’ उनले आफूलाई अवसर आएको र त्यसैलाई सदुपयोग गरेको पनि बताइन् ।

May be an image of 4 people, people standing and outdoors

उनले मौका एकपटक मात्र आउने भएकाले पनि त्यही मौका पूरा गर्न घरपरिवारको साथ सहयोग पाएको बताइन् । उनले भनिन्, ‘घरमा ढिला उठ्दा बुबाले सधैँ भन्नुहुन्थ्यो । मानिस बिहानै उठेर अन्तरिक्षमा पुगिसके। तिमीहरू अझै बिस्तराबाट उठेका छैनौ । त्यो भनाइ नै मेरो मनमा छापा बसेको थियो। जसले गर्दा पनि आज त्यस्तै भयो । म अब अन्तरिक्षमा पुग्न लागेकी छु ।

यस्तै उनले कुनै पनि व्यक्ति आफ्नो लक्ष्यमा पुग्नको लागि आफू जहाँ छ, त्यहीबाट गर्नुपर्ने बताइन् । उनले कुनै पनि काम गर्नको लागि टिम बनाएर जाँदा सफल हुने पनि बताइन् । उनले आफू मात्र नभई सबैको साथ सहयोगबाट नै अगाडि बढ्न सकिने पनि बताइन् । उनले भनिन्, ‘ मैले एक्लै संघर्ष गरेर यो ठाउँमा पुग्नका लागि ३ देखि ५ वर्षको समय लागेको छ । यो समाचार देउखुरी टुडेमा पनि छ ।

May be an image of 1 person and indoor

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्