एजेन्सी ।
यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ ।
दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ । यो दुई खेल पश्चात क्वाटरफाइनल समिकरण पुरा हुनेछ । यसअघि फ्रेन्च क्लब पीएसजी, इटालियन क्लब एटलान्टा, जर्मन लब आरबी लाइप्जिग, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर सिटी, फ्रेन्च क्लब लियोनले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।
पहिलो लेगमा ३–० को सहज जित निकालेको बायर्न चेल्सीलाई हराउदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । बायर्नलाई यही नतिजा कायम राख्न सकेपनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेट्ज्का, थियागो आलाकान्तरा, जोसुवा किम्मिच, जेरोमी बोएटिङ, डेभिड अलवा र म्यानुयल नुयर जस्ता खेलाडी बायर्नको टोलीमा हुनेछ ।
यता, चेल्सी पनि दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । चेल्सीलाई अघिल्लो चरण पुग्न कम्तीमा पनि ४–० को जित आवश्यक छ । ३–० को जितले पनि चेल्सीको झिनो आशा हुनेछ । तर, बलियो बायर्नविरुद्ध चेल्सीलाई यति फराकिलो जित निकाल्न असम्भव जस्तै छ ।
कप्तान सेजर अज्पिलिक्वेटा, विलियन, पेड्रो, क्रिस्टियन पुलिसिच चोटका कारण टोलीमा हुनेछैन । ओलिभर जिरुउड, मेसन माउन्ट, कलुम हड्सन ओडोइ, इमर्सन, माटियो कोभाचिच, रस बार्कली र एन्टेनियो रुडिगर टोलीमा हुनेछ ।
यी दुई टोली चारपटक आमनेसामने हुदा चेल्सी जितविहीन छ । बायर्नले दुई जित हात पार्दा दुई खेल बराबरीमा सकिएको छ ।