काठमाडौं ।
कोरोना संक्रमणको दर झनै बढ्न थालेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो १९औं साधरणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
एन्फाले १५ भदौमा साधरणसभा गर्ने जेठको पहिलो साता बसेको बैठकले निर्णय गरेको थियो । एन्फाका प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण दर झनै बढ्दै गएको, समुदाय स्तरमा संक्रमणको विस्तार हुन सक्ने उच्च जोखिमसमेत देखिएकाले स्थगित गर्नुपरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
यसैगरी नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निकायबाट गोष्ठी, भेला, सम्मेलन, आवगमन जस्ता कार्यहरु निषेध गरेको परिपेक्षमा सतर्कता अपनाउनुपर्ने भएकाले एन्फको साधरणसभा अर्काे सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको उल्लेख गरेको छ । एन्फाले अब स्थिति अनुकुल भएपछि नयाँ मिति निर्धारण गर्नेछ ।