काठमाडौं,
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कालापानीबाट भारतीय सेना हटाउन जोड दिनुपर्ने बताएका छन् ।
पूर्व मन्त्री समेत रहेका नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने र प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुपर्छ ।’