एजेन्सी ।
ब्राजिलियन फुटबलका पूर्व स्टार रोनाल्डिन्हो समय समयमा चर्चामा आउने गरेका छन् । पछिल्लो पटक पाराग्वेमा पक्राउ परेर उनी चर्चामा थिए । जाली कागजका साथ भ्रमण गरेको भन्दै उनी दाजुसँगै पाराग्वेमा पक्राउ परेका थिए ।
केहि समय जेलमै बिताएपछि उनी अपराधिक गतिविधि नभएकाले पराग्वेकै एक होटेलमा हाउस एरेस्टमा बस्नु परेको थियो । बार्सिलोनाका पूर्व प्लेमेकर समेत रहेको रोनाल्डिन्होले हाउस एरेस्टको समयमा पनि कानुन उल्लङ्घन गरेको पाइएको छ । उनले त्यहि दौरानमा पार्टी आयोजना गर्दै मोडलहरुलाई डाकेको पाइएको छ ।
महिना दिन जेलमा बसेपछि उनलाई हाउस्ट एरेस्टमा बस्न सक्ने अदालतले फैसला गरेको थियो । १६ लाख अमेरिकी डलर धरौटीपछि उनलाई हाउस एरेस्टमा बस्न दिइएको थियो । हाउस एरेस्टका रुपमा उनी आरामदायी होटलमा बसेका थिए । त्यसबेला बाहिरका कुनैपनि व्यक्तिलाई एरेस्ट बसेको ठाउँमा आवागमन गर्न निषेधित गरिएको थियो ।
पाराग्वेको एचओवाई पत्रिकाका अनुसार रोनाल्डिन्होले हाउस एरेस्टकै बेलामा मोडलहरुसहित पार्टी नै आयोजना गरेको उल्लेख गरेको छ । बिहानै आयोजना गरिएको पार्टीमा महिलाको समूह सहभागी भएको जनाएको छ । पार्टीमा उनीहरुलाई विशेष उपहार समेत दिइएको उल्लेख गरिएको छ ।
त्यस्तै पार्टीमा महिलाहरुलाई स्तरीय पेय पदार्थको व्यवस्था गरिएको र कतिपटक त दुई महिला एकै साथ पार्टीमा उपस्थित भएको पनि पत्रिकाले उल्लेख गरेको छ । ‘सामान्यता हेर्दा उनीहरु सबै मोडल जस्ता लाग्थ्ये,’ स्रोतलाई उल्लेख गर्दै पत्रिकाले लेखेको छ,’उनीहरु सिधै कार पार्कबाट आएका थिए । नियमित नआउने भने होटेल बाहिर उत्रेर मात्र जाने गर्दथे ।’