नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता – Janadesh Daily | ePaper

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता


बुटवल,

नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताबमोजिम बैंकमा बालबालिका बचत खाता सञ्चालन गरेका बालबालिकाको रु २० हजारसम्मको दुर्घटना तथा रु पाँच हजारसम्मको औषधोपचार बीमा गरिएको छ ।

बालबालिकाको भविष्यका लागि रकम जम्मा हुनाका साथै बचत गर्ने बानीको विकाससमेत हुने भएकाले उक्त योजना छोटो समयमै अत्यन्त लोकप्रिय भएको हुंँदा उक्त योजनाअन्तर्गत यही वर्षभित्रै रु दश हजार खाता खुल्ने प्रक्षेपण गरिएको नेपाल बैंक लिमिटेड, प्रदेश नं. ५ का प्रमुख पासाङदोर्जी शेर्पाले जानकारी दिनुभयो ।

सझौतमा बैंकका तर्फबाट बैंक प्रदेश नं ५ का प्रमुख शेर्पा तथा शिखर इन्स्योरेन्सका तर्फबाट बुटवलका शाखा प्रमुख किरण काफ्लेले हस्ताक्षर गर्नुभयो ।

बैंकले ग्राहकको मागअनुसार हालै बजारमा ल्याएको बालबालिका बचत खातामा उच्च ब्याजदर, निःशुल्क एबिबिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सुविधा तथा बालबालिकालाई शैक्षिक उपाधि हासिल गर्ने क्रममा प्राथमिकतालगायत सुविधा छन् ।

खातामार्फत बालबालिकाको सुनौलो भविष्यका लागि बचत गरिने भएकाले उक्त खातामा जुनसुकै समयमा रकम जम्मा हुन सक्ने तर बालबालिका बालिग नहुंँदासम्म भने रकम निकाल्न नपाइने व्यवस्था छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्